पौडेल र मिश्र सचिवमा बढुवा, मन्त्रिपरिषदले क-कसलाई गर्‍याे नियुक्ति ? (भिडिओ) – Nepal Press

पौडेल र मिश्र सचिवमा बढुवा, मन्त्रिपरिषदले क-कसलाई गर्‍याे नियुक्ति ? (भिडिओ)

काठमाडौं । नेपाल सरकारको रिक्त रहेको दुई सचिव पदमा बढुवा गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा सहसचिव लोकनाथ पौडेललाई र प्राविधिकतर्फ राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम र प्राविधिकतर्फ कृषि तथा वन समूहमा रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो ।

प्रशासनतर्फ सचिव बढुवाका लागि पहिलो नम्बरमा पौडेल दोस्रोमा गोविन्दबहादुर कार्की र तेस्रोमा महादेव पन्थको नाम सिफारिस भएको थियो । पौडेल बढुवा सिफारिस समितिबाट यस अघि दुई पटक सचिव बढुवाका लागि सिफारिस भइसकेका थिए । बढुवाका लागि सिफारिस भएका सहसचिव पौडेल मधेश प्रदेशमा कामु प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् ।

यस्तै कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवमा राजेन्द्रप्रसाद मिश्र बढुवा भएका छन् । बढुवा समितिको बैठकले मिश्रसँगै सहसचिव सञ्जीवकुमार कर्ण र सबनम शिवाकोटीको नाम पनि सिफारिस गरेको थियो । मिश्र योजना तथा विकास सहायता समन्य महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

मन्त्रिपरिषद् बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा.डा.लेखनाथ शर्मालाई र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन । खड्का यस अघि पनि अध्यक्ष नै रहेकी थिईन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *