बालबालिकाका लागि बन्देज जोखिमयुक्त व्यवसाय र कामको सूची अद्यावधिक, के-के थपिए ? – Nepal Press

बालबालिकाका लागि बन्देज जोखिमयुक्त व्यवसाय र कामको सूची अद्यावधिक, के-के थपिए ?

काठमाडौं । सरकारले जोखिमयुक्त व्यवसाय तथा कामको सूची अद्यावधिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाल श्रम (निषेध तथा नियमित गर्ने) ऐन, २०५६ को दफा २६ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै ऐनको अनुसूचीमा जोखिमयुक्त व्यवसाय तथा काम थप गरेको हो ।

जसमा पर्यटनसँग सम्बन्धित सर्कसमा काम गर्ने, बन्द कोठामा काम गर्ने, हिमाल चढ्ने, डुंगा चलाउने, बन्जी थपिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले जानकारी दिए ।

उनका अनुसार पर्यटनसँग सम्बन्धित जोखिमयुक्त व्यवसाय तथा काम अन्तरगत यस अघि पर्यटन, आवास, मोटेल, होटल, जुवाघर, रेष्टुराँ, बार पव, रिसर्ट स्किइङ, वाटर ¥याफ्टिङ, केवलकार कम्प्लेक्स, पोनी ट्रेकिङ, पदयात्रा, पर्वतारोहण, हट एयर ब्यालिुनिङ, प्यरासेलिङ, गल्फ कोर्ष, पोलो, अश्वरोहरण आदि पर्यटनसँग सम्बन्धित व्यवसाय थिए ।

यस्तै दोस्रोमा पशु बली गर्ने, मासु काट्ने, पशुका विभिन्न अंग सफा गर्ने काम पनि जोखिमयुक्त व्यवसाय तथा काममा थपिएका सचिव उपाध्यायले बताए । उनका अनुसार यस अन्तरगत यस अघि कार्यशाला, प्रयोगशाला पशु वधशाला, शीत भण्डार आदी सेवामूलक व्यवसाय रहेका थिए ।

यस्तै यस अघि जमिनमुनी, पानीमुनी र धेरै उँचाईमा चढेर गर्नुपर्ने कार्य जोखिमयुक्त व्यवसाय तथा काममा रहेकोमा यस अन्तरगत विभिन्न थपिएका छन् ।

जसमा इँट्टाभट्टा र इँट्टा उत्पादनसँग सम्बन्धित सम्पूर्ण काम, ढुंगा फुटाउने, पहाड वा खोलाबाट ढुंगा निकाल्ने, ढुंगा तथा खानी विस्फोट गर्ने, रुख काट्ने, काठ संकलन, काठका मुढा लोड अनलोड गर्ने, जोखिमयुक्त उचाईमा जडिबुटी संकलन गर्ने, खनिजको लोड र अनलोडसँग सम्बन्धित काम पनि थपिएका छन् ।

भारती धातुको प्रयोग ९सिसा जस्ता क्याडमियम आदि० तथा हस्तकला विशेष गरी धातुको मूर्तिको उत्पादनसँग सम्बन्धित कार्य र कम तापक्रममा गरिने कार्य जोखिमयुक्त व्यवसाय तथा काममा थपिएका छन् ।

यस्तै औषधिजन्य उत्पादन, रंग र रसायनको मिश्रण गर्ने, तताउने, भर्ने र डिस्पोजल गर्ने काम, किटनाशक विषादी औषधिजन्य स्प्रे गरेको तीन दिन भित्र बाली लगाउने तथा संकलन गर्ने कार्य थप भएका छन् ।

अटोमोबाइल लगायत बिजुलीबाट चल्ने उपकरणसहित मेसिनको मर्मत तथा सरसफाइसँग सम्बन्धित कार्य, प्रत्यक्ष लडाइँ गर्ने, जासुसी गर्ने वा त्यसका लागि सहयोग गर्ने कार्य, पैतृक ऋण चुक्ताका लागि विद्यालयबाट वञ्चित हुने गरी आमा बाबुको स्वीकृति विना घरायसी काममा लगाउन नपाइने कार्य पनि जोखिमयुक्त व्यवसाय तथा काममा थप भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *