कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको स्पष्टीकरण- नागरिकताबारे शंका लागे अनुसन्धान गरे हुन्छ – Nepal Press

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको स्पष्टीकरण- नागरिकताबारे शंका लागे अनुसन्धान गरे हुन्छ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो नागरिकताका विषयमा उजुरी परेको विषयमा ध्यानाकर्षण जनाएका छन्। धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएपछि आफ्नो नागरिकताबारे शंका लागे अनुसन्धान गर्न चुनौती दिए।

उनले भनेका छन्, मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०१७ मा प्रतिलिपि लिएको हुँ । जसमा ु२०३३र३४ को प्रतिलिपिअनुसार’ भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन ।

२०३४ मा नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने पनि आफ्नो जिम्मेवारीको विषय नभएको उल्लेख गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘त्यस्तै हिमालयन रि– इन्स्योरेन्सको प्रबन्ध पत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ । अझ, प्रबन्ध पत्रसहित कम्पनी राजस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्य तथ्य आफैँ स्थापित हुन्छ। राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु ।’

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने बताए।

विभिन्न कालखण्डका शासकहरूले विगतमा पनि यस्ता हत्कन्डा गरेको उल्लेख गर्दै कान्तिपुरले गर्दै आएको निर्भीक पत्रकारिता आफैमा पर्याप्त जवाफ भएको उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर