सिधा कुराले एक्सक्लुसिभ भनेको अडियोको प्राविधिक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन – Nepal Press

सिधा कुराले एक्सक्लुसिभ भनेको अडियोको प्राविधिक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

काठमाडौं। सर्वोच्च अदालतले सिधा कुरा डटकमले एक्सक्लुसिभ भन्दै प्रयोग गरेको अडिओको प्राविधिक अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अदालतको अवहेलना सम्बन्धी रिटको प्रारम्भिक सुनुवाइ गर्दै सोमबार भनेको छ- पेस भएको श्रव्य दृश्यमा उठाइएको विषयवस्तुको सत्य तथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुन बमोजिम कारबाहीसमेत अगाडि बढाउनु र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत यस कार्यालयमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर