कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए संसदको कारबाही – Nepal Press

कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए संसदको कारबाही

काठमाडौं । प्रतिनिधिसभामा कांग्रेस सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दलका सांसदलाई पटक-पटक आसन ग्रहणका लागि अनुरोध गरेका थिए ।

नाराबाजी बन्द नभएपछि सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका छन् । सत्तारुढ दलका सांसदले भने सभामुख घिमिरेले पत्र पढेर सुनाएपछि ताली बजाएर पारित गरे ।

सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त खाद्य स्वच्छतासम्बन्धी विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाए । दोस्रो पत्र पत्र पढ्न सुरू गर्न खोजे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी सांसदले सीटबाट उठेर विरोध जनाए ।


प्रतिक्रिया

One thought on “कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए संसदको कारबाही

  1. बढाउ अघि । लुटेराहरू काँग्रेसलाई निमिट्यान्न पारौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर