झलनाथ चुनावी कमाण्डर रहेको इलाममा जीतबहादुरले जोगाउन सकेनन् जमानत – Nepal Press

झलनाथ चुनावी कमाण्डर रहेको इलाममा जीतबहादुरले जोगाउन सकेनन् जमानत

विराटनगर । इलाममा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले पनि जमानत जोगाउन सकेनन् ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

राईले ४०८ भोटमात्र ल्याए । इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला हो । यहाँ पार्टीबाट उनै खनाल चुनावी कमाण्डर खटिएका थिए ।

१९ जना प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा १६ जनाको धरौटी जफत भएको छ । रास्वपाका मिलन लिम्बू पनि जमानत जफतको सूचीमा छन् ।

यहाँबाट २७ हजार ७७२ भोट ल्याएर नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए ।


प्रतिक्रिया

2 thoughts on “झलनाथ चुनावी कमाण्डर रहेको इलाममा जीतबहादुरले जोगाउन सकेनन् जमानत

  1. माकुनेलाई झलनाथबाट धोका भो। एसको भोट एमालेमा गयो।

  2. अब पनि समाजवादी भन्दै हिडन त लाज हुनुपर्ने हो । जनताले पटकपटक लात हान्दा पनि नचेत्ने लाई त के भनौं खोइ ? विवेक नभएको प्राणीसँग जोडिदिउँ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर