प्रतिनिधिसभा बैठकअघि प्रमुख सचेतकसँग सभामुखको छलफल – Nepal Press

प्रतिनिधिसभा बैठकअघि प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा सहभागी सबै दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा अहिले छलफल चलिरहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

सबै दलका प्रमुख सचेतकसँगको छलफल गर्नुअघि सभामुख विपक्षी दलका प्रमुख सचेतकसँग बसेका थिए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको भएपनि संसद सुचारु गर्नेबारे सहमति नजुट्दा सुरू हुन सकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्ररकणमा संसदीय छानबिन समिति नबनाइ सदन अगाडि बढाउन नदिने अडान लिएको छ । आज बिहान बसेको कार्यदलको बैठक पनि विनानिष्कर्ष टुंगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर