चीनले बनायो १० मिनेट चार्ज गर्दा चार सय किलोमिटर कुद्ने विद्युतीय गाडीको ब्याट्री – Nepal Press

चीनले बनायो १० मिनेट चार्ज गर्दा चार सय किलोमिटर कुद्ने विद्युतीय गाडीको ब्याट्री

काठमाडौं । दश मिनेट चार्ज गर्दा ४०० किलोमिटर कुद्न पुग्ने विद्युतिय गाडीको ब्याट्री चीनले बनाएको छ । उक्त ब्याट्रीको नयाँ सस्करणले त झण्डै एक हजार किलोमिटर कुद्न पुग्ने बेलायती अखबार टेलिग्राफले उल्लेख गरेको छ ।

हालसालै सार्वजनिक भएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आइइए)को एक रिपोर्टले यो खुलासा गरेको हो । चिनियाँ मिडियाहरु भने यो मालिमामा मौन भएका छन् । तर, पश्चिमा मिडियाहरुले भने यसलाई चीनको विद्युतीय गाडीमा दबदबा बढ्ने भन्दै चिन्ता प्रकट गरेका छन् । यस्तो चिन्ता प्रकट गर्नेमा अमेरिकी अखबार न्यूजविक पनि एक हो ।

समाचारमा बताइए अनुसार चीनका सिएसिएल नामको कम्पनीले यस्तो ब्याट्री बनाएको हो । यो ब्याट्रीलाई विद्युतीय गाडी क्षेत्रको क्रान्तिकारी विकास भनिएको छ । ब्याट्रीको नाम सनसिङ दिइएको छ । चीन विश्वको विद्युतीय सवारीको सबैभन्दा अग्रणी देश हो ।

विद्युतीय गाडीको नेतृत्वदायी कम्पनी टेस्लालाई चिनियाँ कम्पनी बिवाइडीले केहि अगाडि उछिनेका समाचार सार्वजनिक भएका छन् । यस्तै टेलिग्राफका अनुसार गत वर्षको विद्युतीय गाडिको खपतमा ६० प्रतिशत खपत चीनमा भएको हो । उत्पादन बजारदेखि खपत बजार दुवैमा चीन नेतृत्वदायी छ ।

विद्युतीय गाडीकै सवालमा चीन र अमेरिकाको व्यापार युद्ध समेत भएको छ । केहि दिन अगाडि अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ विद्युतीय गाडि आयतमा १०० प्रतिसत कर लगाएको सार्वजनिक गरेका थिए ।

याे पनि पढ्नुहाेस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर