करिब २ अर्ब रोयल्टी छल्न वर्ल्डलिंकले हालेको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो – Nepal Press

करिब २ अर्ब रोयल्टी छल्न वर्ल्डलिंकले हालेको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । लाइसेन्सको म्याद सकिएर रोयल्टी तिर्न अटेर गरिरहेको वर्ल्डलिंक कम्युनिकेसन्सले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश अब्जुल अजिज मुसलमानले दुवै पक्षको जिकिर सुनि अन्तरिम आदेश जारी हुने वा नहुने निस्कर्षमा पुग्न आवश्यक रहेको जनाएका छन् ।

सर्वोच्चले आगामी २३ चैतमा वादी वर्ल्डलिंक र प्रतिवादी दूरसञ्चार प्राधिकरणलाई छलफलका लागि बोलाएको हो । सो अवधिसम्मका लागि प्राधिकरणको गत चैत १४ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।

वर्ल्डलिंकले प्राधिकरणलाई एक अर्ब ९४ करोड रूपैयाँभन्दा बढी रोयल्टी बुझाएको छैन । लाइसेन्सको २५ वर्षको अवधि सकिएपछि पनि रोयल्टी नतिरिकन नवीकरणका लागि वर्ल्डलिंकले प्राधिकरणमा निवेदन दिएको थियो । तर, प्राधिकरणले रोयल्टी तिरेर आउन भनेपछि वर्ल्डलिंक अदालत गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *