दुई वर्षपछि कमब्याक गरेका कमलसिंह ऐरीलाई दोस्रो बलमै सफलता – Nepal Press

दुई वर्षपछि कमब्याक गरेका कमलसिंह ऐरीलाई दोस्रो बलमै सफलता

काठमाडौं । दुई वर्षपछि कमब्याक गरेका तीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो बलमै नेपाललाई सफलता दिलाएका छन् ।

ऐरीले नेपाल ‘ए’बाट आयरल्याण्ड उल्भ्सविरुद्ध राष्ट्रिय टोलीमा कमब्याक गरेका हुन् ।

कमलले लामो समय चोटका कारण बाहिर रहेका थिए । सन् २०२२ मा राष्ट्रिय टोलीबाट मलेसियाविरुद्ध खेल्दा चोट बोकेका थिए ।

घरेलु क्रिकेटमा फर्के पनि उनी पछिल्लो एक वर्षयता भने मैदानबाहिर थिए ।

अहिले नेपाल ‘ए’ ले टस जितेर पहिलो फिल्डिङ गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *