कमल थापाको आरोप- धर्म परिवर्तनका लागि केही सञ्चारमाध्यमले विदेशी फण्ड लिए – Nepal Press

कमल थापाको आरोप- धर्म परिवर्तनका लागि केही सञ्चारमाध्यमले विदेशी फण्ड लिए

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले नेपालका केहि मिडियाहरूले पश्चिमा राष्ट्रबाट फण्ड लिएर धर्म परिवर्तनलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

शुक्रवार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले देशमा धर्म परिवर्तनको पहिरो गएको र त्यसमा केहि मिडिया र केहि राजनीतिक दलको भूमिका भएको बताए ।

नेपालमा नास्तिकता फैल्याउनको लागि अमेरिकाले नेपालमा ५० औँ लाख फन्ट लगानी गरेको विषयको खुलासा भएको भन्दै उनले कतिपय आमसञ्चार माध्यम र राजनीतिक दलहरू धर्म परिवर्तनको लागि पश्चिमा मुलुकबाट फन्ट लिएर काम गरिरहेको दाबी गरे ।

उनले धर्म परिवर्तन र विदेशीको लगानी बारे सत्य तथ्य छानबिन र प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध समेत गरेका छन् ।

अहिलेको व्यवस्था असफल भएको भन्दै थापाले राजा सहितको प्रजातान्त्रिक व्यवस्थाको लागि सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बेला भएको बताए ।

राजा सहितको प्रजातान्त्रिक व्यवस्थाको लागि आफूहरूले नजिकका शक्तिहरूसँग नियमित छलफल गरिरहेको थापाको भनाइ रहेको छ ।

राप्रपा नेपाल र राप्रको तत्काल एकता हुने सम्भावना न्यून रहेको भन्दै उनले राप्रपाले सत्तामोह नत्यागेसम्म एक भएर जाने अवस्था नरहेको थापाको भनाइ रहेको छ ।

पछिल्लो समय यो व्यवस्थाबाट जनता वाक्क बनेको भन्दै अब राजा सहितको प्रजातन्त्रको लागि जनआन्दोलन आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *