टर्कीका सत्ताधारी दलका प्रवक्ता भन्छन्- मस्को आक्रमण विदेशी राष्ट्रको सहयोगमा भयो – Nepal Press

टर्कीका सत्ताधारी दलका प्रवक्ता भन्छन्- मस्को आक्रमण विदेशी राष्ट्रको सहयोगमा भयो

काठमाडौं । टर्कीको सत्ताधारी दल न्याय तथा विकास पार्टी (एकेपी)का प्रवक्ता ओमल सेलिकले मस्कोको आतंककारी हमला विदेशी राष्ट्रको सहयोगमा भएको बताएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयेप इर्दोगानका सहयोगी रहेका उनले बिहीबार यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

गत शुक्रवार मस्कोमा भएको आतंककारी हमलामा १४३ जनाको हत्या गरिएको थियो भने ३०० बढी घाइते भएका छन् । मस्कोको क्रोकस सिटी हलमा भएको रुसी रक कन्सर्टमा हमला भएको थियो ।

घटनापछि ११ जनलाई पक्राउ गरिएको छ जसमा चार जनाको प्रत्यक्ष संलग्नता देखिएको रुसले बताएको छ । ताजाकिस्तानका चार नागरिकको प्रत्यक्ष संलग्नता भएको बताइएको छ ।

केहि दिन अगाडि रुसी गुप्तचर निकाय देखि उच्च अधिकारीहरूले मस्को हमलामा अमेरिका, बेलायत र युक्रेनको हात भएको बताएका थिए ।

रुसी पक्षबाट यस्तो भनिएका केहि समयमा टर्कीबाट यस्तै प्रकारको धारणा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर