तरुण दल अध्यक्ष गुरुङले पेस गरे पाँचौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रस्ताव – Nepal Press

तरुण दल अध्यक्ष गुरुङले पेस गरे पाँचौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रस्ताव

काठमाडौं । नेपाल तरुण दलले ०८१ चैतभित्र केन्द्रीय महाधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ । बिहीबार बसेको दलको केन्द्रीय समितिमा अध्यक्ष विद्वान गुरुङले प्रस्ताव गरेको कार्यतालिकामा ०८१ भित्र केन्द्रीय महाधिवेशन गरिसक्ने उल्लेख छ ।

बैठकमा अध्यक्ष गुरुङले पाँचौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका पेस गरेका छन् । उक्त कार्यतालिकाबारे बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

भोलि शुक्रबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको बैठकमा नेपाल तरूण दलको पाँचौ महाधिवेशन आजैका मितिबाट सुरु भएको अध्यक्ष गुरुङले बताएका छन् । बैठकमा जजरकोट भूकम्पमा सहयोग गर्ने सबैमा धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित गरियो ।

अध्यक्ष गुरुङले महाधिवेशनका बारेमा प्रस्ताव गरेको कार्यतालिका यस्तो छ–

– ५ सदस्यीय विधान मस्यौदा समिति बनाउने, मुख्यसचिव ठानप्रसाद पोखरेल सदस्य सचिव रहने ।

– जेठ २७–२८ गते अर्को बैठक बस्ने

– ७७ जिल्लामा प्रतिनिधि खटाउने, जेठ ५ गतेभित्र विधानको राय दिने ।

– जेठ १५ गतेभित्र समितिले विधान मस्यौदा अध्यक्षलाई बुझाउने ।

– असार मसान्तभित्र पार्टीले लागू गरे

असार साउन तरूण अभियान

– जहाँ विपद् त्यहाँ तरूण

– जहाँ कृषि त्यहाँ तरूण

– साउन १५ देखि पूर्णकालिन वितरण

– २०८१ असोज मसान्तसम्म ६७२७ सबै वडाको अधिवेशन सम्पन्न गर्ने

– कार्तिक मंसिरमा पालिका अधिबेशन

– पुस र माघमा क्षेत्र र प्रदेससभा अधिवेशन ।

– माघ मसान्तसम्म ७७ जिल्ला अधिवेशन ।

– फागुन र चैतभित्र ७ प्रदेस र केन्द्रीय अधिवेशन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर