उत्तरपुस्तिकाको पोकै हराएको त्रिविद्वारा औपचारिक स्वीकार- छानबिनका लागि उच्चस्तरीय समिति गठन – Nepal Press

उत्तरपुस्तिकाको पोकै हराएको त्रिविद्वारा औपचारिक स्वीकार- छानबिनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौं । अन्ततः त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको दुई विषयहरुको उत्तरपुस्तिकाको पोकै हराएको औपचारिकरुपमा स्वीकार गरेको छ ।

यसअघि यस विषयमा परीक्षा नियन्त्रण कार्यालयले गोप्यरुपमा छानबिन गरिरहेको समाचार नेपाल प्रेसले पहिलो पटक प्रकाशित गरेको थियो ।

समितिलाई आगामी ३० दिनभित्र प्रतिवेदन पेश गर्न त्रिविले भनेको छ ।

मानविकी तथा सामाजिक शास्त्रअन्तर्गतको जनसंख्या तथा स्वास्थ्यतर्फको विषय (कोड नं. ४१२) र शिक्षा शास्त्रतर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) विषयको उत्तरपुस्तिकाको पोकै हराएको थियो ।

त्यस्तै, त्रिविले उत्तरपुस्तिका हराएका दुवै विषयका परीक्षा पनि त्रिविले यही चैत २१ गतेदेखि गराउने भएको छ ।

याे पनि पढ्नुस् :

त्रिविमा अर्काे लफडा- बीएका परीक्षार्थीकाे उत्तरपुस्तिकाकाे पाेकै हरायो, गुपचुप छानबिन गरिँदै

फलोअपः उत्तरपुस्तिकाको पोको हराएपछि बीए जनसंख्याको पुन: परीक्षा लिँदै त्रिवि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *