हुम्लामा पुग्यो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल – Nepal Press

हुम्लामा पुग्यो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल

सिमकोट । हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल ल्याइएको छ । पैदल र हवाई मार्गबाट ल्याइएको चामल बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीन प्रसाद आचार्यले बताए ।

खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उनले बताए । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए । चामलमा आठ प्रकारका पौष्टिक तत्त्व मिसाइएको छ ।

यसैबीच, हुम्लाका निम्ति छुट्टाइएको १४ हजार क्विन्टल चामल पनि ढुवानी भइरहेको उनले बताए । पौष्टिक तत्त्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको आठ हजार पाँच सय क्विन्टल चामल हवाई मार्गबाट ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *