नेप्से दोहोरो अंकले घट्यो, करिब साढे दुई अर्बको कारोबार – Nepal Press

नेप्से दोहोरो अंकले घट्यो, करिब साढे दुई अर्बको कारोबार

काठमाडौं । तीव्र उतारचढावपछि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३० बिन्दुमा आडिएको हो । मंगलबार १० अंकले बढेको बजारमा २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको थियो ।

बुधबार बजारमा ६० लाख ४७ हजार २१ कित्ताको खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ । आज दोहोरो अंकले घटेको बजारमा सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सर्किट लागेको छ ।

सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले आज सर्वाधिक नाफा कमाएका छन् । कारोबारका आधरामा भने, ९ करोड ७१ लाख रुपैयाँका साथ सिभम सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।

बुधबार बजार पुँजिकरण ३२ खर्ब २० अर्ब रपैयाँ बढी रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर