गृहमन्त्रीलाई पिएस गुरुङको प्रश्न- जिवी राई मलेसियामा छन् भन्नुहुन्थ्यो, अझै किन पक्राउ परेनन् ? (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई पिएस गुरुङको प्रश्न- जिवी राई मलेसियामा छन् भन्नुहुन्थ्यो, अझै किन पक्राउ परेनन् ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले सरकार ठगी प्रकरणमा फरार रहेका जिवी राई कहाँ छन् ? भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्।

राज्य व्यवस्था समितिको बैठकमा बोल्दै जिवी राईको बिषयमा गृहमन्त्रीको जवाफ मागे।

उनले भने- गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भनेर राख्ने यो पनि कुनै एजेण्डा हो ? यसमा मेरो गम्भिर आपत्ति छ मन्त्रालयको पनि कुनै ठोस विषयवस्तु तोकेको बैठक बोलाउनुपर्छ । आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर समितिले छलफल गर्नु राम्रो होइन । अघिल्लो बैठकमा जिवी राई के कहाँ छ भनेर प्रश्न गरेको थियो । त्यसको जवाफ पनि हामीले खोजका छौं । उनी नेपालमा छैन र मलेसियामा छन् भनेर गृहमन्त्रीले भन्नुभएको थियो । इन्टरपोलमार्फत पत्राचार गरेको भन्नुभएको थियो । आईजीपी र गृहमन्त्री र गृह सचिव पनि बैठकमा हुनुहुन्छ त्यसो जवाफ जाहियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर