स्लोभेनियासँग पोर्चुगल पराजित – Nepal Press

स्लोभेनियासँग पोर्चुगल पराजित

काठमाडौं । खेलको ७० मिनेटपछिको समयमा लय गुमाएपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग पराजित भएको छ ।

पराजित भएसँगै पोर्चुगलको ११ औं पटकको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

स्लोभेनियामा मंगलबार राति भएको खेलमा पोर्चुगलबिरुद्ध ७२ औं मिनेटमा एडमनले गोल गर्दै घरेलु दर्शकलाई खुसी पारे । पोर्चुगलको दबाबकाबीच गोल भने स्लोभानियाले गरेको थियो ।

एक गोलले पछि परेको पोर्चुगल त्यसपछि केही हतास देखिँदा पहिलो गोलको ९ मिनेटपछि पुन दोश्रो गोल खान पुग्यो । खेलको ८१ औं मिनेटमा टिमी एल्सनेकले गोल गर्दै पोर्चुगलाई २(० को हारको बाटो देखाइदिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *