कांग्रेसलाई जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्न पर्दैन, राजीनामापत्र तयार छ: रवि लामिछाने (भिडिओ) – Nepal Press

कांग्रेसलाई जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्न पर्दैन, राजीनामापत्र तयार छ: रवि लामिछाने (भिडिओ)

'प्रधानमन्त्री आलोपालो गर्ने कुनै सहमति भएको छैन'

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुलाई देशको ठूलो दल नेपाली कांग्रेसलाई जस्तो काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नु नपर्ने बताएका छन् ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै प्रधानमन्त्रीले गरेको यही आँट रहिरह्यो भने ऐतिहासिक उपलब्धि प्राप्त हुने बताए ।

उनले भने, ‘सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई भनेको छु, यही अवस्था कायम रहिरहे आउने चुनावअघि नै जनतामा भरोसा जगाउन सकिन्छ । हामी जोखिम मोलेर जोडिएका छौं । हामी देशको ठूलो राजनीतिक दल कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा पुग्दैनौं, काम गर्न सकेनौं भने हाम्रो राजीनामापत्र अहिलेदेखि झोलामा तयार छ । मात्रै मिति लेख्न बाँकी छ । हामी टाँसिएर वा प्रधानमन्त्रीले निकाल्नुपर्ने अवस्थामा पुग्दैनौं भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ ।’

गृहमन्त्री लामिछानेले सत्ता साझेदार दलहरुबीच प्रधानमन्त्री आलोपालो गर्ने कुनै सहमति नभएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर