संघीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित हुने सम्भावना छैन : रामहरि खतिवडा (भिडिओ) – Nepal Press

संघीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित हुने सम्भावना छैन : रामहरि खतिवडा (भिडिओ)

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत संघीय निजामती सेवा सम्बन्धी विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धि छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताएका हुन् । सभापति खतिवडाले विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे ।

सभापति खतिवडाले जनताका समस्या समाधान हुने गरी सो विधेयकलाई अघि बढाउन आफू लागि पर्ने पनि बताए ।

यस्तो छ सभापति खतिवडाको भनाइः

यो धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धि विधेयक अहिले फेरि संसदमा प्रश्तुत भएको छ । त्यसमा धेरै चरणहरु बाँकी छन् । यसमा हामी पनि सहमती छौ कि यो जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु । म राज्य व्यवस्था तथा सुशासन समितिको हैसियतमा मैले सरसर्ती हेर्दाखेरी त्यो देखेँ ।

सरकार तीन तहको भनेर संविधानमा हामीले घोषणा गरिसकेका छौं । संविधानमा त्यही उल्लेख गरिएको छ । संघ छ, प्रदेश छ, स्थानीय तह छ । स्थानीयलाई संघमा ल्याउने, नल्याउने । अघिनै भनियो, प्रदेशलाई प्रदेशको अधिकार दिने, नदिने ? यावत विषयहरु छन् ।

यी सबै विषयमा हामी अहिले लामो समय पछाडि आएकाले हतारमा निर्णय गरेर पछि पछुताउने अवस्थामा जान नपरोस भन्ने मेरो व्यक्तिगत धारणा छ । म यसबारेमा तपाईंहरुसँग पनि सहकार्य गरेर, तपाईहरुसँग पनि छलफल गरेर यस्ता प्रवुद्ध व्यक्तिहरुलाई समितिनै बोलाएर एक दिन वृहत रुपमा छलफल गर्नेछु ।

मुख्यसचिव, मन्त्रीसहित राखेर हामी छलफल गर्छौ । र, विशेष गरी कर्मचारी हकहितको लागि त छदैछ । त्यो सँगै यसलाई जनतासँग सरोकार राख्ने कसरी बनाउन सकिन्छ ? त्यसमा पहलकदमी हृुन्छ भनेर म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर