जुनसुकै कालखण्डका भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको घोषणा – Nepal Press

जुनसुकै कालखण्डका भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने घोषणा गरेको छ । सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै गठबन्धन कार्यदलका संयोजक विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थापित गर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारवाही अघि बढाउने, भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थागित गर्नेछ ।’

 


प्रतिक्रिया

One thought on “जुनसुकै कालखण्डका भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर