नेप्सेमा झिनो अंकको गिरावट – Nepal Press

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । तीव्र उतारचढावका बीच शेयर बजार झिनो अंकले घटेको छ । मंगलबार प्रि ओपस सेसनबाटै बढेर खुलेको नेप्से परिसूचक दिनभरको तीव्र उतारचढावपछि ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा बन्द भएको हो ।

यसदिन बजारमा ९४ लाख ७८ हजार ९३३ किक्ता सेयरको खरिदविक्री हुदाँ ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक घटेपनि आफ्नो पहिलो कारोबार सुरु गरेको सर्वोत्तमको शेयर मूल्यमा सकारात्मक सकिर्टका साथ सर्वधिक नाफामा रहेको छ । प्रतिकित्ता ५५६ रुपैयाँबाट पहिलो कारोबार सुरु भएको सर्वोत्तम ६११.६० रुपैयाँ पुगेको छ ।

पहिलो कारोबारका दिन सर्वोतमको शेयर ५५.६० अंकले बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मुल्यमा पनि सकारात्मक सर्किट लागेको छ । सर्वाधिक गुमाउनेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रहेको छ ।

त्यसैगरी, कारोबारका आधारमा सिभम सिमेन्टस २५ करोड ९७ लाख २२ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर