सुन प्रकरणमा महरासहितका व्यक्तिमाथि कारबाही अघि बढ्यो, तत्काल बयान लिन गृहमन्त्रीको निर्देशन – Nepal Press

सुन प्रकरणमा महरासहितका व्यक्तिमाथि कारबाही अघि बढ्यो, तत्काल बयान लिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले सुन तस्करी काण्डमा मुछिएका र दोषी भनी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।

उपप्रधानम तथा गृहमन्त्री रवि लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहित छलफल गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्रालय स्रोतकाअनुसार गृहमन्त्रीले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासहित यस प्रकरणमा आयोगले किटान गरेका निजामती कर्मचारी, प्रहरी र अन्य तस्करीमा संलग्न रहेका व्यक्तिलाई बयान लिई कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया पनि आजै सुरू गर्न र अनुसन्धानको दायरामा रहेका सबैलाई बयान लिन पनि निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर