लगानीकर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धिहुने क्षेत्रहरुमा लगानी गर्नुस्ः अर्थमन्त्री पुन (भिडिओ) – Nepal Press

लगानीकर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धिहुने क्षेत्रहरुमा लगानी गर्नुस्ः अर्थमन्त्री पुन (भिडिओ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् ।

आइतबार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहो¥याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए । लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए ।

उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको बताए । उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए ।

उनले भने,‘हामी समस्या भन्दा बाहिर त कहिले पनि हुँदैनाँै । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ । नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने । हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो । आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो । त्यसअर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ । अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस् । कमजोरी भए समीक्षा गरौँ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धिकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धिकरण जरुरी छ, हामी आफैँले ठानेका छाँै । आम जनसमुदायले ठानेको छ । हाम्रो प्रशासन संयन्त्रमा शुद्धिकरण जरुरी छ,आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ ।’

अर्थमन्त्री पुनले विगतका राम्रा कामको सम्मान गर्दै भएका कमजोरीलाई सच्याएर अघि बढ्न सक्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर