नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह (भिडिओ) – Nepal Press

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरूसँग आग्रह गरेका छन् ।

सोमवार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

उनले लगानीकर्ताहरूको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे ।

उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरू रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरूको सुरक्षाका लागि सबै किसिमबाट प्रतिबद्ध रहेको बताए ।

जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताए ।

उनले वन लगायतका विभिन्न समस्याहरूमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए । उनले नेपालका पर्यटन, विद्युत्, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरूसँग आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर