हाइटीका प्रधानमन्त्रीले विदेशबाटै दिए राजीनामाः देश आउन ग्याङ समूहले रोक्यो – Nepal Press

हाइटीका प्रधानमन्त्रीले विदेशबाटै दिए राजीनामाः देश आउन ग्याङ समूहले रोक्यो

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेन्रीले राजीनामा दिएका छन् । उनले जमाइकाबाट राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार राजीनामापछि पनि उनी देश फर्कन सकिरहेका छैनन् ।

पोएर्तो रिकोमा उनी अलपत्र परेका छन् । देशमा फर्कन खोज्दा देशमा भिडन्त गरिरहेका ग्याङ समूहले आउन प्रतिबन्ध लाएपछि उनी अलपत्र परेका हुन् । प्रधानमन्त्रीको राजीनामाको माग राखेर हाइटीमा प्रहरीसँग भिडन्तमा उत्रिएको ग्याङ समूहको दबाबपछि प्रधानमन्त्रीले राजीनमा दिन बाध्य भएका हुन् ।

हाइटीको कुख्यात तथा शक्तिशाली ग्याङ जि ९ ले विगत केहि हप्तादेखि देश तहसनहस बनाएको छ । उसले बनाएको तहसनहसपछि धेरै देशका राजदूतावासका कर्मचारीदेखि संयुक्त राष्ट्रसंघका कर्मचारीहरुले हाइटी छोडेका छन् । हाइटीमा सन २०२१ जुलाईमा प्रधानमन्त्री भएका हेन्री निर्वाचित प्रधानमन्त्री भने थिएनन् । तत्कालिन राष्ट्रपतिको हत्यापछि उनी प्रधानमन्त्री भएका थिए ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर