पूर्णिमा लामाको ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक – Nepal Press

पूर्णिमा लामाको ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक

काठमाडौं । गीतकार प्रेम प्रकाश लामाको शब्द र पूर्णिमा लामाको संगीत तथा स्वर रहेको नयाँ म्युजिक भिडियो ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक गरिएको छ।

चेतन गोतामेको संगीत संयोजन रहेको गीतमा मेलोडियस बनेको छ।

गायिका पूर्णिमाले शब्दको भाव अनुसार आफ्नो स्वर दिएकी छिन।

परदेशमा रहेर पनि गीतकार प्रेम प्रकाश लामा नेपाली गीत संगीतप्रति एकदमै क्रियाशील रहँदै आएका छन्।

सार्वजनिक गीत सम्पूर्ण दर्शक श्रोताहरूको मनमा बस्न सफल हुनेमा निर्माण टिम विश्वस्त रहेको छ।

गीत पूर्णिमा लामाको अफिसियल यु ट्युब च्यानल ‘पूर्णिमा लामा’मार्फत सार्वजनिक गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *