हाइटीमा प्रधानमन्त्रीलाई हटाउन बन्दुक युद्धमा ग्याङ नेता : सरकारी सुरक्षाकर्मीसँग भिडन्त जारी – Nepal Press

हाइटीमा प्रधानमन्त्रीलाई हटाउन बन्दुक युद्धमा ग्याङ नेता : सरकारी सुरक्षाकर्मीसँग भिडन्त जारी

काठमाडौं । हाइटीका ग्याङ र सुरक्षाकर्मीको राजधानी पोर्ट औ प्रिन्समा भिडन्त भएको छ ।

विगत दुई दिनदेखि भिडन्त भएको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ । डिडब्लूका अनुसार ग्याङ नेताले स्थानीयहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन् भने सडकमा सरकारी सुरक्षाकर्मीसँग भिडन्त भइरहेको छ ।

प्रधानमन्त्री एरियल हेन्रीलाई पदबाट नहटाउन्जेल आफूहरू भिडन्तमा जाने ग्याङ नेता जिमी चेरीजियरले बताएको बताइएको छ ।

उनले शुक्रवार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । बार्बिक्यू नामले चिनिने ग्याङ नेताले शुक्रवार भनेका थिए, ‘आवश्यकता रहुन्जेलसम्म युद्ध जारी रहनेछ । हामी एरियल हेन्रीसँग युद्ध गरिरहन्छौँ ।’

उनले पत्रकार सम्मेलनमा बालबालिकाहरूलाई घरभित्रै राख्न समेत आग्रह गरेको डिडब्लूले उल्लेख गरेको छ । ग्याङ नेता जिमी चेरिजियर हाइटीका पूर्व प्रहरी अधिकारी हुन् ।

उनको संरक्षणमा रहेको ग्याङ समूहलाई जी ९ भनिन्छ । सन २०२२ मा हाइटीको तेल टर्मिनल बन्द गरेर उनले देशमा हाहाकार मच्चाएका थिए ।

उनलाई संयुक्त राष्ट्रसंघदेखि अमेरिकी प्रतिबन्ध पनि लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर