जसपा दर्ता खारेजी मागको उपेन्द्रको मुद्दामा सुनुवाइ जारी – Nepal Press

जसपा दर्ता खारेजी मागको उपेन्द्रको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा तेस्रो नम्बर सूचीमा छ ।

यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गरेका छन् ।

अध्यक्ष नभएको अवस्थामा कुल केन्द्रीय सदस्य र निवेदन दिएकाहरूको संख्या एकिन नै नगरी आयोगले जनता समाजवादी पार्टी नेपालको नामसँग हुबहु मिल्ने गरी पार्टी दर्ता गरिएकाले उक्त निर्णय बदनीयतपूर्ण रहेको जिकिर रिट निवेदनमा गरिएको छ ।

यादवले सोमबार रिट दायर गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर