उच्च अदालतबाहिर कडा सुरक्षा, पत्रकारलाई पनि प्रवेश निषेध – Nepal Press

उच्च अदालतबाहिर कडा सुरक्षा, पत्रकारलाई पनि प्रवेश निषेध

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको हो । आजै मुद्दाको फैसला सुनाउने तयारी छ ।

फैसलापछिको सुरक्षा संवेदनशीलता उत्पन्न हुने भन्दै कडाइ गरिएको हो । उच्च अदालतका रजिस्टार तथा प्रवक्ता विमल पराजुलीले मिडियालाई पनि छिर्न नदिने बताएका छन् ।

हिजोको सुनवाइमा मिडियाकर्मीलाई अदालतभित्र प्रवेश दिइएको थियो । तर, आज गेटमै रोकिएको छ ।

मुद्दाको काममा आएकाहरूलाई प्रमाण हेरेर भित्र जान दिइएको छ भने अरूलाई अनुमति छैन ।

उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर