१६ औं योजनाको लक्ष्य : ५ वर्षमा प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउने – Nepal Press

१६ औं योजनाको लक्ष्य : ५ वर्षमा प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउने

अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य

काठमाडौँ । राष्ट्रिय योजना आयोगले निकै महत्त्वाकाङ्क्षी लक्ष्य सहित सोह्रौँ आवधिक योजना सार्वजनिक गरेको छ । यो योजनामा अबको पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउने लक्ष्य लिइएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले १६ औँ योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको हो। यस्तै ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ ।

देशको अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य सहित आएको १६ औ योजनाले आफ्नो लक्ष्य भेट्टाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ । झण्डै दोब्बर अर्थतन्त्र बनाउन सोही अनुसार आर्थिक गतिविधि बढ्नुपर्ने हुन्छ । आर्थिक विकासमा प्रगति गर्न थप मेहनत गर्नुपर्ने आयोगका प्रवक्ता यमलाल भुसालले बताए ।

सक्रिय उमेरको जनसंख्या उच्च हुनु, प्रत्यक्ष वैदेशिक लगानीको वातावरण बन्दै जानु जस्ता कारणले लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिल हुने आयोगको भनाइ छ ।

यस्तै गरिबीको रेखामुनि रहेका जनसंख्यालाई २० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यस्तै ९० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुर्‍याउने, ११ हजार ७ स य६९ मेगावाट विद्युत् उत्पादन गर्ने लयगतका लक्ष्य राखिएको छ ।

सरकारले हालसम्म १५ वटा योजना कार्यान्वयनमा लगेको छ त्यसमा अधिकांश योजनाको लक्ष्य पुरा भएको छैन । ५ वटा त्रिवर्षीय र १० वटा पञ्चवर्षीय योजना बनाएको सरकारले सोह्रौँ योजना पनि कार्यान्वयनमा आगामी आर्थिक वर्षदेखि लैजाँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *