दलाई लामाबिनाकै सम्मेलन गर्न सकिन्थ्यो, सरकार चुक्यो : पूर्वराजदूत आचार्य – Nepal Press

दलाई लामाबिनाकै सम्मेलन गर्न सकिन्थ्यो, सरकार चुक्यो : पूर्वराजदूत आचार्य

काठमाडौं । यही फागुन २८ देखि ३० सम्म लुम्बिनीमा तय भएर स्थगन भएको लरियट्स एण्ड लिडर्सको कार्यक्रम स्थगन गलत भएको संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वराजदूत जयराज आचार्यले बताएका छन् ।

आज काठमाडौंमा भएको नेपाल भारत सम्बन्ध बारेको किताबको संवाद कार्यक्रममा बोल्दै आचार्यले नेपालमा हुने कार्यक्रम स्थगन भएर दिल्लीमा हुनु दुःखद भएको बताए ।

नोबेल शान्ति पुरस्कार विजेता तथा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरू आउने कार्यक्रम स्थगित भएर गलत सन्देश गएको आचार्यले बताए । उनले दलाई लामा आउने भनेर स्थगन भएको भए उनलाई नल्याएरै कार्यक्रम गर्न सकिने बताए ।

उनले भने, ‘२०४६ सालपछिको कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा पनि यस्तै भएको थियो । भट्टराईले सम्झाएर दलाई लामालाई रोक्नु भएको थियो ।’

दलाई लामा नेपालबारेमा सकारात्मक भएको नेपालको संवेदनशीलता बुझेर नआएको आचार्यले बताए ।

नेपालमा कार्यक्रम तय भएर नयाँ सत्ता समीकरण आएसँगै कार्यक्रम नहुनु गलत भएको भन्दै आचार्यले थपे, ‘जन्ती आउँदा आउँदै बाबुआमाको झगडा भएको भनेर बिहे स्थगन भएको जस्तै भयो ।’

यो पनि पढ्नुहोस्- लरिएट्स एण्ड लिडर्स सम्मेलनको लागि ९ जना नोवेल पुरस्कार विजेता लुम्बिनीमा भेला हुँदै

यो पनि पढ्नुहोस्- लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनबारे मुख्यमन्त्रीसँग सांसद र मन्त्रीपछि सभामुखले मागे जवाफ

यो पनि पढ्नुहोस्- लुम्बिनी सम्मेलनको विवादबारे मुख्यमन्त्रीको जवाफः संघीय सरकारको स्वीकृति छ, टिकाटिप्पणी निराधार (भिडि‌ओ)

यो पनि पढ्नुहोस्- ‘दलाई लामा कनेक्सन’ ले लुम्बिनी सम्मेलन विवादमा, मुख्यमन्त्रीको भूमिकामा सत्तारूढ दल नै शसंकित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर