लुम्बिनी सम्मेलनको विवादबारे मुख्यमन्त्रीको जवाफः संघीय सरकारको स्वीकृति छ, टिकाटिप्पणी निराधार (भिडि‌ओ) – Nepal Press

लुम्बिनी सम्मेलनको विवादबारे मुख्यमन्त्रीको जवाफः संघीय सरकारको स्वीकृति छ, टिकाटिप्पणी निराधार (भिडि‌ओ)

रुपन्देही । लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा निजी स्वार्थ पूरा गर्न सरकारी बजेट खर्च गरिएको आरोप  लागेकाे समाचार सार्वजनिक भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीलाई ब्राण्डिङ गर्न शिखर सम्मेलन आयोजना गरिएको र यसमा अरु कुनै स्वार्थ नभएको जनाएका छन् ।

सरकारमै सहभागी दलका सांसद तथा सभामुखले समेत विरोध गरेको  गरेका छन् ।  शनिबार बिहान बुटवलस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले नीति तथा कार्यक्रम र बजेटबाटै सबै प्रकृया पूरा गरेर अगाडि सारेर गरिएको कार्यक्रम कसैले विरोध गरेर केही नहुने बताएका हुन् ।

फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलनु आयोजना गरिएको छ।

यो विषयमा सरकारमा सहभागी माओवादीका प्रमुख सचेतक इन्द्रजित थारु, सभामुख तुलाराम घर्ती, विपक्षी दल नेकपा एमाले तथा राप्रपाले विरोध गर्दै आइरहेपछि मुख्यमन्त्री चौधरीले पत्रकार सम्मेलन गरेर त्यसको जवाफ दिएका हुन् । सभामुख घर्तीले सामाजिक सन्जालमै प्रश्न गरेर मुख्यमन्त्रीको जवाफ मागेका थिए ।

मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसारमा ठूलो टेवा पुर्‍याउने बताउँदै भने–‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्ने हाम्रो प्रमुख उद्देश्य हो, अरु केही छैन,’ सम्मेलनको सफलता लागि सबै जुट्नुपर्ने समय हो, यसमा यो क्षेत्रका सबै आयोजक हो, यसको भविश्य निर्धारण गर्ने कार्यक्रम हो ।’

सम्मेलनका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपैयाँभन्दा बढी खर्च नहुने चौधरीले बताए ।

सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धनको वातावरण बनाउने उनको भनाइ छ । ‘बालबालिकाको क्षेत्रमा शान्ति सद्भाव र करुणाको सन्देश र लुम्बिनी विकासका लागि विश्वको ध्यान आकर्षित हुनेछ, विश्वको ध्यान खिच्ने यो कार्यक्रम संघीय सरकारबाट नै स्वीकृत कार्यक्रम हो’ उनले भने ।

सम्मेलनमा विभिन्न देशका १० जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने निश्चित भइसकेको, ३०० जना विज्ञहरू र विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको चौधरीले बताए ।

सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा ९१७९६०, जोडी विलयम्स ९१९९७०, सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुने छन् ।

त्यस्तैगरी सन् २०१५ का नाबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस ९१९९३०, रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल ९२०१३० पनि लुम्बिनी आउनेछन् ।

त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको छ ।

नोबेल पुरस्कार विजेताहरूलाई बर्दिया, पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वगद्धारी र बर्दिया राष्ट्रिय निकुञ्जसमेत लैजाने तयारी छ । १० वटा कार्यपत्र समेत प्रस्तुत हुने सम्मेलन मायादेवी मन्दिर परिसरबाट घोषणापत्र जारी गर्दै सकिने छ ।

याे पनि पढ्नुहाेस् ।

‘दलाई लामा कनेक्सन’ ले लुम्बिनी सम्मेलन विवादमा, मुख्यमन्त्रीकाे भूमिकामा सत्तारूढ दल नै शसंकित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर