कालिकोटमा ३८ वर्षपछि पुग्यो जहाज, रमित हेर्नेको भिड (तस्बिरहरू) – Nepal Press

कालिकोटमा ३८ वर्षपछि पुग्यो जहाज, रमित हेर्नेको भिड (तस्बिरहरू)

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका-१, कोटबाडास्थित सुनथराली विमानस्थलको औपचारिकरूपमा उद्घाटन गरिएको छ ।

उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावमा जनतालाई दिएको आश्वासन पूरा भएको बताएका छन् ।

कर्णाली प्रदेशलाई १०-१५ वर्षमा सम्पन्न प्रदेश बनाउन सकिने पनि उनले सुनाए ।

कर्णालीमा अझै पनि विकास गर्न थुप्रै बाँकी रहेको सुनाउँदै उनले भने, ` विद्युत्, भेरी करिडोर, कर्णाली राजमार्ग, कर्णालीका प्रमुख सडकहरूमा सबै हातेमालो गरेर काममा लाग्नुपर्छ ।`

निर्माण सुरू भएको ३८ वर्षपछि सोमबार सुर्खेत विमानस्थलबाट नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका दुईवटा जहाजले सुनथरालीमा उडान भरेको हो । प्लेन हेर्न आएका स्थानीयको डाँडासम्म भिड देखिन्थ्यो ।

उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री सुदन किराती, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, कालिकोटबाट प्रदेश तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर