पाँच बुँदे प्रतिबद्धता जनाउँदै नेपालमा प्रतिबन्ध खुलाउन सरकारलाई टिकटकको पत्र – Nepal Press

पाँच बुँदे प्रतिबद्धता जनाउँदै नेपालमा प्रतिबन्ध खुलाउन सरकारलाई टिकटकको पत्र

काठमाडौं । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले नेपाल सरकारलाई पाँच बुँदे प्रतिबद्धता व्यक्त गर्दै टिकटक खुलाउन आग्रह गरेको छ ।

कम्पनीले नेपालको कानूनी प्रक्रियामा आबद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरूको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरूलाई उपयोगी हुने शैक्षिक सामग्रीहरूका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिबद्धता जनाएको छ ।

आफ्ना प्रतिबद्धतासहित नेपाल सरकारलाई टिकटक खुलाउन कम्पनीले आग्रह गरेको छ । गत कात्तिकदेखि नेपालमा टिकटक प्रतिबन्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर