भीमफेदी बन्यो अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोड्ने दोस्रो गाउँपालिका – Nepal Press

भीमफेदी बन्यो अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोड्ने दोस्रो गाउँपालिका

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ ।

स्याङ्जाको फेदिखोला गाउँपालिका पछि देशभरि नै दोस्रो गाउँपलिकाको रुपमा भीमफेदीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो । भीफफेदीमा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेका हुन् । योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पन्जिकृत ९८ जना सहभागी रहेका छ्न् ।

सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।

सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ । यो कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिखाेला गाउँपालिका पहिलो रहेको थियो । साे गाउँपालिकाले मंसिरबाट श्रमिककाे पैसा जम्मा गर्न थालेकाे छ ।

भिमफेदी गाउँपालिकाले यो योजनालाई सफल बनाउन चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

अनौपचारिक क्षेत्रका श्रमिकको कारण विकासको हरेक क्षेत्रको काम नियमित हुने गरेको भन्दै अध्यक्ष लामाले उनीहरुको सामजिक सुरक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएको कारण आफुहरुले योजनाको सुरुवात गरेको दाबी गरे ।

सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछी खुसी ब्यक्त गर्दै मेसिन अपरेटको रुपमा कार्यरत भीमफेदी-२ का काशिराम घलानले अबदेखी आफूहरु ढुक्क भएर काम गर्ने वातावरण बनेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर