सडक किनारमा कार रोकेर सेतीमा नुहाउन पसेका व्यक्ति डुबेर बेपत्ता – Nepal Press

सडक किनारमा कार रोकेर सेतीमा नुहाउन पसेका व्यक्ति डुबेर बेपत्ता

डोटी । सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् ।

शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ । उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए ।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।

प्रहरीले उनको खोजी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर