सन्दीपको भाग्यफैसला आज, पाउलान् सफाइ ? – Nepal Press

सन्दीपको भाग्यफैसला आज, पाउलान् सफाइ ?

काठमाडौं । उच्च अदालतमा विचाराधीन क्रिकेटर सन्दीप लामिछानेको मुद्दा छिनोफानो हुने विन्दुमा पुगेको छ । कुनै ठुलो फेरबदल नभए न्यायाधीशले आजै फैसला सुनाउनेछन् ।

मुद्दामा हिजो दिनभरि बहस भएको थियो । दुवैतर्फका वकिलहरूको बोल्ने क्रम नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सोही इजलासले आज सुनवाइलाई निरन्तरता दिने छ ।

सन्दीपको तर्फबाट दुईजना र गौशला २६ को तर्फबाट ४ जनाले आज बहस गर्नेछन्। त्यसपछि दुवैतर्फबाट जवाफी बहस पनि हुनेछ । त्यसपछि न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउनेछन् ।

यो मुद्दाको फैसला सन्दीपकालागि भाग्यपफैसलाकै रूपमा रहेको छ । निर्दोष सावित भएमा उनी तत्काल क्रिकेटमा फर्कन सक्नेछन् र टी २० विश्वकप खेल्ने ढोकासमेत खुल्नेछ । अन्यथा उनको करियर नै जोखिममा पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *