सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आजै आउन सक्ने – Nepal Press

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आजै आउन सक्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।

लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । हिजो दिनभरिको सुनुवाइपछि न्यायाधीशले बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।

आज यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ । फैसला आज नै आउन सक्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर