राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित नभएपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्दै – Nepal Press

राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित नभएपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् ।

प्रतिपक्षीको अवरोधका कारण मंगलबार संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई लिएर सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई भेट्न लागेका हुन् ।

उक्त विषयलाई गम्भीर रुपमा लिएकाले सभामुख घिमिरेले आज यस विषयमा प्रधानमन्त्रीसँग बिहान साढे ८ बजे छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।

उनले कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षष गराएका थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको सदन हिजो राष्ट्रपतिले नीति तथा कार्याक्रम सार्वजनिक गर्न दिएका थिए । त्यसलगतै विरोध जनाएका थिए । सोही कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर