१२ वटा वडाको मत गन्न बाँकी हुँदा सुहाङ ६,४३९ मतले अगाडि, रास्वपाले कटायो ३ हजार मत – Nepal Press

१२ वटा वडाको मत गन्न बाँकी हुँदा सुहाङ ६,४३९ मतले अगाडि, रास्वपाले कटायो ३ हजार मत

विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मतगणना अन्तरगत १२ वटा वडाको मत गन्न बाँकी हुँदा एमालेले १९,११४ मत पाएको छ ।

कांग्रेसले भने १२,६७५ मत पाएको छ । एमाले र कांग्रेसकाबीचमा ६,४३९ मतको अन्तर रहेको छ ।

कांग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर