गृहमन्त्री लामिछानेले भने- एक पटक बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो – Nepal Press

गृहमन्त्री लामिछानेले भने- एक पटक बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधि सभाको बैठकमा एक पटक बोल्न पाउनुपर्ने बताएका छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्ने अडान कायमै राखेपछि उनले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्- एक पटक बोल्न पाउनुपर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो, मिडिया ट्रायल ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन प्रयास गरे पनि सहमति बन्न सकेको छैन।


प्रतिक्रिया

One thought on “गृहमन्त्री लामिछानेले भने- एक पटक बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो

  1. हिजो दुनियाँमाथी जथाभावी एक पछिए मिडिया ट्रायल गरेर नेता भएका होइनौ र ? अहिले आँफैलाई परेपछि ओठमुख सुके होईन??? शिरमाथि गिरिबन्धु ओलीको हात हुन्जेल न आत्तेऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर