भन्सार छलि गरेको आशंकामा हेटौंडामा ८ ट्रक मल प्रहरीको नियन्त्रणमा – Nepal Press

भन्सार छलि गरेको आशंकामा हेटौंडामा ८ ट्रक मल प्रहरीको नियन्त्रणमा

हेटौंडा । राजश्व छलि गरेर हेटौंडा ल्याउँदै गरेको आशंकामा मकवानपुरको हेटौँडामा ८ वटा रासायनिक मल सहितको ट्रकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा मलसहित प्रहरीले ८ वटा ट्रक नियन्त्रणमा लिएको हो । आठ वटा ट्रकमा ल्याइएको मल राजश्व छलि गरेर भित्र्याएको आशंकमा प्रहरीले मल नियन्त्रणमा लिएको हो । अबैध रुपमा निकासी हुँदै गरेको ३ हजार ६८० बोरा मल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले ना ६ ख ५२०४, बा.प्र.०३–००१ख ०९५२ लु १ ख ९५६९, ना ६ ख ३७३०, प्र २–०३–००१ ख ६९७७, ना ६ ख ३७२५, बा.प्र ०३–००१ख ०९५४ र ना ६ ख ९७८६ नंबरको आठ वटा ट्रकलाई मल सहित नियन्त्रणमा लिएर पथलैया पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर