१५ वर्षअघिको व्यक्ति हत्याको मुद्दा ब्यूँतियो, पञ्चा सिंहसहित ६ जनालाई पक्राउ अनुमति – Nepal Press

१५ वर्षअघिको व्यक्ति हत्याको मुद्दा ब्यूँतियो, पञ्चा सिंहसहित ६ जनालाई पक्राउ अनुमति

सुर्खेत । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या संलग्न आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको हो ।

खड्काले नेपाल प्रेससँग भने, ‘अदालतबाट पक्राउको अनुमति पाइसकेका छौं । निजहरूको खोजी गर्दैछौं ।’

सुर्खेतको जनमाविमा अध्ययनरत् राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि  २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।

बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।


प्रतिक्रिया

One thought on “१५ वर्षअघिको व्यक्ति हत्याको मुद्दा ब्यूँतियो, पञ्चा सिंहसहित ६ जनालाई पक्राउ अनुमति

  1. क्रान्तिको नाममा आफूलाई मन नपरेका व्यक्ति मार्दै हिडने यी हत्याराहरूलाई कडा जेल सजाय हुनुपर्छ । जुन हत्यालाई पनि जनयुद्व भन्दै उम्कन दिनु हुँदैन । नारायणकाजिले अब के गर्छन हेरौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर