दोलखा एमाले अधिवेशनको अन्तर्दृष्टि – Nepal Press

दोलखा एमाले अधिवेशनको अन्तर्दृष्टि

नेकपा एमालेले अबको पाँच महिनाभित्र देशभरका सबै जिल्ला कमिटीको अधिवेशन गर्दैछ । पार्टी केन्द्रको निर्देशनअनुसार हुन लागेको अधिवेशनले जिल्ला कमिटीहरूको आयु विधानले निर्दिष्ट गरेकोभन्दा सरदर एक वर्ष छोटिनेछ । चर्चित अनुसन्धान अभियान ‘मिसन ग्रासरूट’ले तल्ला कमिटीहरू अनेक समस्यामा फसेको पहिचानपछि एमाले यस्तो निर्णयमा पुगेको भनाइ छ ।

यस पटकदेखि नै एमालेले माथिल्ला कमिटी हुँदै तलतल अधिवेशन गर्दै जाने अभ्यास सुरू गरेको छ । हाल केन्द्र र प्रदेशको अधिवेशन सम्पन्न भैसकेको छ । जिल्ला अधिवेशन गर्न निर्देशन भएपछि धादिङ र दोलखा जिल्लाले मिति तोकिसकेका छन् । तलबाट माथि अधिवेशन गर्ने प्रक्रिया बदलेर उल्टोमा जानुको उद्देश्य ‘माथि नअटेका नेता कार्यकर्ताको व्यवस्थापन तल्ला कमिटीहरूमा हुनसक्छ’ भन्ने हो । यो प्रक्रियाअनुसार जिल्लापछि पालिका हुँदै वडा र टोल अधिवेशनहरू हुनेछन् ।

‘मिसन- ८४’ नारामा जोड दिएको एमालेले विसं २०८४ सालमा हुने तीनै तहका निर्वाचनमा जीत निकाल्ने लक्ष्य लिएको छ । मिसन-८४ को लक्ष्य चुम्न कमिटीहरूका वैधानिक अधिकार केन्द्रले खिच्दै चुस्तदुरूस्त नयाँ संगठन निर्माणको महत्वाकांक्षा राखेको छ । ‘ग्रासरूट कार्यकर्ता’को भनाइमा नयाँ कमिटीमात्र हैन कि नेतृत्व पनि नयाँ आवश्यक छ ।

नेतृत्वमा नयाँपन दिन केन्द्र र प्रदेशका अधिवेशनहरू मतदान विधिबाट गरिएको थियो । वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै एमालेले जनताको बहुदलीय जनवाद (जबज) अनुसार पार्टीभित्र या बाहिर प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्नुपर्ने विधिलाई स्थापित गर्न खोजिएको देखिन्छ । जिल्लाहरूमा पनि लोकतान्त्रिक जनवादी अभ्यासबाट नै अधिवेशन हुने देखिन्छ ।

गएको वर्षदेखि एमालेले स्वेच्छिक पार्टी सदस्य नवीकरण गर्ने विधि अपनाएको छ । स्वेच्छिक नवीकरण अभियानले पार्टी सदस्य छाँटकाँट भए तापनि गुणात्मक वृद्धि भएको छ । त्यसरी छानिएका दक्ष पार्टी सदस्यहरू कसैको प्रभाव, दबाब, प्रलोभन र वैचारिक विचलनमा नफसी पार्टीमा लगनशील भै योगदान गर्न सक्छन् भन्ने विश्वास गरिएको छ ।

‘मिसन- ८४’ नारामा जोड दिएको एमालेले विसं २०८४ सालमा हुने तीनै तहका निर्वाचनमा जीत निकाल्ने लक्ष्य लिएको छ । मिसन-८४ को लक्ष्य चुम्न कमिटीहरूका वैधानिक अधिकार केन्द्रले खिच्दै चुस्तदुरूस्त नयाँ संगठन निर्माणको महत्वाकांक्षा राखेको छ । ‘ग्रासरूट कार्यकर्ता’को भनाइमा नयाँ कमिटीमात्र हैन कि नेतृत्व पनि नयाँ आवश्यक छ ।

साथै, अब्बल पार्टी सदस्यले चुन्ने नेतृत्व पनि अब्बल नै हुन्छ र जबजको मार्गदर्शनमा समाजवादसम्म पुग्ने यात्रामा सुझबुझ साथ सामेल हुनसक्छ भन्ने विश्वास गरिएको छ । नेतृत्वको वर्चस्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै जाने अपेक्षा पनि गरिएको छ । हरेक तहमा उमेरमा ‘अण्डर-फोर्टी’को सुनिश्चितता छ । युवा संघ, खेलकुद महासंघ, युथ फोर्स, अनेरास्ववियु जस्ता किशोर, युवा समावेश हुने संगठनहरूलाई खास जनसंगठनमा वर्गीकरण गरेर सांगठनिक, वैचारिक र प्रविधिमा सशक्त जमात खडा गर्ने विशेष अभियान सञ्चालन गरेको छ ।

महिलाहरूलाई राजनीतिमा समावेश गराउन संविधान र पार्टीको विधानमा व्यवस्था गरिएका व्यवस्थालाई लागू गर्न सबै कमिटीलाई निर्देशन गरेको छ ।

पार्टीमा वैचारिक र प्रविधिको क्षेत्रमा गुणात्मक वृद्धि गर्न मार्क्सवादी दर्शन, विश्वव्यापी कम्युनिष्ट सिद्धान्तहरू र नेपाली विशेषतासहितको जनताको बहुदलीय जनवाद (जबज) आदर्शका कक्षाहरू सञ्चालन गर्न सुरू गरेको छ ।

दुनियाँको बुझाइमा चमत्कारी नेतृत्व दिइरहेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार स्वीकार गरेर पार्टी पंक्ति अघि बढेकै कारण टुट, फुट, विद्रोह र भित्री बाहिरी चौतर्फी आक्रमण भैरहँदा पनि एमाले सबैभन्दा ठूलो पार्टीमा स्थापित भैरहेको छ ।

एकताको जिल्ला अधिवेशन

जिल्लाका एमालेहरूमध्ये धादिङ र दोलखाले अधिवेशनको मिति तोकिसकेका छन् । धादिङ र दोलखा पञ्चायत कालपछि एमालेको बलियो जनमत रहेका जिल्ला हुन् । अन्य दलको गठबन्धन भै एक्लै चुनाव लड्दा पनि तुलनात्मक मत विश्लेषणमा एमाले पहिलो नै देखिन्छ । तर, पछिल्लो अवधिमा उक्त दुवै जिल्लामा विवाद बढ्दै गएपछि अधिवेशन छिटो सम्पन्न गर्न बाध्यता आएको हो । यसबीचमा धादिङले जिल्ला कमिटी कायमै राखेर र दोलखाले आयोजक कमिटी बनाएर अधिवेशनको मिति तय गरेको छ ।

अब्बल पार्टी सदस्यले चुन्ने नेतृत्व पनि अब्बल नै हुन्छ र जबजको मार्गदर्शनमा समाजवादसम्म पुग्ने यात्रामा सुझबुझ साथ सामेल हुनसक्छ भन्ने विश्वास गरिएको छ । नेतृत्वको वर्चस्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै जाने अपेक्षा पनि गरिएको छ । हरेक तहमा उमेरमा ‘अण्डर-फोर्टी’को सुनिश्चितता छ ।

आउने माघ १९ देखि २१ सम्म हुने दोलखाको १०औं जिल्ला अधिवेशनलाई ‘एकताको अधिवेशन’ भनिएको छ । अधिवेशन आयोजक कमिटीको बैठकले एकताको अन्तर्दृष्टि र भावनालाई अनुभूत गर्दै दोलखामा वामपन्थी विरासत फर्काउने लक्ष्य राखेको छ । एकताबद्ध अधिवेशनको अन्तर्दृष्टिहरू यसरी परिभाषित गर्न सकिन्छ-

  • सबै गुट-उपगुटमा विग्रह भएको र वदलाभाव बोकेका नेता, शुभचिन्तक र कार्यकर्ताको मानसिकतालाई बदलेर एकताबद्ध सोच र उत्प्रेणा जगाउनु ।
  • व्यक्तिगत टक्कर प्रमुख मुद्दा बनेर अलग भएका, निष्क्रिय भएका असन्तुष्ट नेता कार्यकर्ताहरूलाई मूलधारमा आवद्ध गराइ एकताबद्ध अभियान सञ्चालन गराउनु ।
  • एमालेबाट अर्को पार्टी बनाएको घोषणा गरेर अलग हुने पार्टी र नेता, कार्यकर्तासँग संवाद सञ्चालन गर्ने र एकताको आह्वान गर्ने ।
  • दोलखाको वाम आन्दोलनका अग्रजहरूलाई एमालेमा सक्रिय हुन आह्वान गरेर एकताबद्ध पार्टीको सन्देश दिने ।
  • दोलखा निर्माणमा योगदान गर्ने समाजसेवी, चिकित्सक, इन्जिनियर, बुद्धिजीवी, उद्यमी, मजदुर, किसानलाई गोलबन्द गरी ‘समृद्ध दोलखा, सुखी दोलखाली’ अभियानमा एकताबद्ध गर्ने ।

करिब सात हजार संगठित सदस्यले छानेका प्रतिनिधिले अधिवेशनमा एकताका लागि सन्देश दिनेगरी भूमिका निर्वाह गर्नुपर्छ । अधिवेशनले दिने राजनीतिक, सांगठनिक र दीर्घकालीन दोलखा विकासका सन्देशहरू दोलखाको उज्यालो भविष्य कोर्ने हुनुपर्छ ।

दोलखाका आमजनताले प्रजातान्त्र पुनःस्थापनापछि लगातार नेकपा एमालेमाथि विश्वास गरेका छन् । यो अधिवेशनले जनताको भरोसा र विश्वास कायमै राखेर ‘समृद्ध दोलखा सुखी दोलखाली’ अभियानलाई सार्थक बनाउने सन्देश दिन आवश्यक छ । त्यसका लागि गुटबन्दीको अन्त्य, आपसी भाइचारा सम्बन्ध, बुझाइ र अध्ययनको दायरा फराकिलो भएका जुझारू नेतृत्वको आवश्यकता छ ।

(मानन्धर नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

One thought on “दोलखा एमाले अधिवेशनको अन्तर्दृष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *