प्रश्न पत्र आउट गर्ने मध्यपश्चिम विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित – Nepal Press

प्रश्न पत्र आउट गर्ने मध्यपश्चिम विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जनालाई निलम्बन गरेको छ । पुस ३ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गर्दै उनीहरुलाई निलम्बन गरिएको हो ।

ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

उपकुलपति डा. नन्दबहादुर सिंहले परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको र यसबारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।

उनले भने, ‘प्रश्नपत्र बाहिरिनुमा परीक्षा व्यवस्थापनको नै कमजोरी देखिएकाले प्रमुखसहित ६ जनालाई निलम्बन गरेका छौं । यस विषय छानबिन र अनुसन्धान भइरहेको छ ।’

निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारी रहेका छन् । उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएको र रद्द भएको परीक्षा छिट्टै सञ्चालन हुने उपकुलपति सिंहले जानकारी दिए ।

विश्वविद्यालयका पाँच प्राध्यापक सङ्गठनले उपकुलपतिको गम्भीर त्रुटि रहेको भन्दै निष्पक्ष छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासनलाई जिम्मेवारी दिनुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *