राष्ट्रियसभा निर्वाचनको लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना – Nepal Press

राष्ट्रियसभा निर्वाचनको लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रुपन्देही । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि घोराहीमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्य तालिका अनुसार निर्वाचनका कार्यक्रमहरू अघि बढ्ने उनको भनाइ छ ।

राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत १ गरी २० सदस्यको कार्यकाल सकिँदै छ ।

जसअनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि २ सदस्यका लागि निर्वाचन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर