तेलुगु नायिकाको घोषणा: भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिनेछु – Nepal Press

तेलुगु नायिकाको घोषणा: भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिनेछु

सन् २०११ मा पुनम पाण्डेको घोषणा भएको थियो फ्लप

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट उत्कर्षमा छ । आइतबार विश्वकपको उपाधिका लागि घरेलु टीम भारत र अष्ट्रेलिया भिड्दैछन् ।

भारतीयहरु अवश्य पनि घरेलु मैदानमा आफ्नो देशले विश्वकप उचालेको हेर्न आतुर छन् । यो आतुरता उनीहरुले आआफ्नै तरिकाले पोखिरहेका छन् । अहिले सामाजिक सञ्जालमा चाहिँ तेलुगु नायिका रेखा बोजको एउटा घोषणा चर्चामा छ ।

रेखाले इन्टाग्राममार्फत एउटा ठूलो घोषणा गरेकी छन् । उनले लेखेकी छन्, ‘यदि भारतले विश्वकप जित्यो भने म भिसाखापट्नम ‘वीच’ मा निर्वस्त्र भएर दौडिनेछु ।’

उनको यो ट्विटमा प्रतिक्रियाको बाढी लागेको छ । अधिकांशले भने रेखाको आलोचना गरेका छन् । भाइरल हुन उनले यस्तो स्टन्ट गर्न खोजेको आरोप धेरैको छ ।

सन् २०११ को विश्वकपमा पनि चर्चित मोडल पुनम पाण्डेले यस्तै घोषणा गरेकी थिइन् । घरेलु मैदानमा हुने विश्वकप भारतले जितेमा आफू नांगो भएर टीमका खेलाडीहरुलाई भेट्न जाने उनको उद्घोष थियो । भारतले विश्वकप जित्यो पनि । तर, पुनमले आफ्नो वाचा पूरा गर्न सकिनन् । समाचारहरुमा आएअनुसार उनी नांगै खेलाडीहरुलाई भेट्ने तयारीमा पनि थिइन् । तर, क्रिकेट बोर्डले त्यसका लागि अनुमति नदिएपछि उनी निराश भइन् ।

अहिले रेखाले पनि आफ्नो वाचा पूरा गर्न सक्लिन् त भन्ने प्रश्न उठेको छ । कतिले चाहिँ उनले फन्डामात्रै गर्न खोजेकोले नांगिने सम्भावना नरहेको बताइरहेका छन् । उनले आफ्नो बोली पूरा गर्छिन् कि गर्दिनन् भन्ने चाहिँ आइतबारको फाइनलपछि मात्रै थाहा हुनेछ ।

पश्चिमी देशहरुमा कुनै ठूलो जीतको उत्सव मनाउँदा युवतीहरु नांगै दौडिने प्रचलन रहेको छ, जसलाई ‘स्ट्रिक’ भन्ने गरिन्छ । भारतमा भने यो निकै चुनौतीपूर्ण कार्य हो ।

रेखा बोज तेलुगु फिल्ममा आफ्नो बोल्डनेसका लागि चर्चित छिन् । उनले मंगलयम, कलाय तस्मै नमः जस्ता फिल्महरुमा अभिनय गरेकी छन् । उनी सामाजिक सञ्जालमा आफ्ना हट फोटोहरु शेयर गर्ने गर्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर