एमालेले हटाएकी मौलापुर नपाकी मेयर रीनाकुमारी साहलाई यथावत काम गर्न दिन सर्वोच्चको आदेश – Nepal Press

एमालेले हटाएकी मौलापुर नपाकी मेयर रीनाकुमारी साहलाई यथावत काम गर्न दिन सर्वोच्चको आदेश

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पद तत्काललाई जोगिएको छ ।

एमालेले कारबाही सिफारिस गरेपछि निर्वाचन आयोगले साह मेयरको पदमा नरहेको सूचना निकालेपछि उनी सर्वोच्च गएकी थिइन् ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले शुक्रबार साहलाई नगरपालिकाको मेयर पदमा रही यथावत काम कारबाही गर्न दिनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेपछि उनको पद जोगिएको छ ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् । पतिले नयाँ पार्टी खोलेपछि रीनाले पनि नयाँ पार्टी रोजेको भन्दै एमालेले कारबाही गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *