कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय – Nepal Press

कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौं । सत्तागठबन्धन घटक जनता समाजवादी पार्टी, नेपाल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।

‘मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा कुनै धारणा सार्वजनिक गर्नु भएको छैन,’ प्रदेश अध्यक्ष याक्खाले भने मुख्यमन्त्री ज्यूले पहिचान पक्षधरहरूलाई सम्बोधन हुने गरी धारणा सार्वजनिक गर्नु भयो भने अनि छलफल गर्छौं ।’

मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारमा नेकपा एमाले तथा गठबन्धनलाई विभिन्न बहाना बनाएर अलमल्याइरहेका छन् ।

कोशीमा जसपाकी एकमात्र सांसद निर्मला लिम्बू छिन् ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई गठबन्धनका सबै दलले विश्वासको मत भने दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर